राज्य व्यवस्था समितिलाई कर्मचारी संगठनको ध्यानाकर्षण पत्र

लोकपथ
336
Shares

काठमाडौं । निजामती कर्मचारी संगठनहरूको संयुक्त ट्रेड युनियनले ११ बुँदे मागसहित राज्य व्यवस्था तथा सुशासन समितिलाई ज्ञापन पत्र बुझाएको छ । 

शुक्रबार सिंहदरबारमा उनीहरूले कर्मचारीका आधारभूत मागहरूलाई सम्बोधन गर्दै तत्काल संघीय निजामती सेवा ऐन ल्याउन माग गर्दै समिति सभापति रामहरि खतिवडालाई ज्ञापन पत्र बुझाएका हुन् । 

ज्ञापन पत्र बुझ्दै सभापति खतिवडाले राज्यको स्रोत र साधनले भ्याएसम्म कर्मचारीहरूका सुविधाहरूलाई व्यवस्थित गर्ने गरी कानुन ल्याइने प्रतिबद्धता व्यक्त गरे । उनले वर्तमान व्यवस्था र संविधान निर्माणमा कर्मचारीहरूको उल्लेखनीय भूमिका रहेको बताउँदै यसको संरक्षण अझ महत्त्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गरे । उनले कर्मचारीहरूको हितमा गर्न सकिने काम गर्ने विश्वास समेत दिलाए  ।  

सभापति खतिवडाले भने, ‘निजामती कर्मचारीहरू राज्यको स्रोत र साधनले भ्याएसम्म सुविधाहरूलाई व्यवस्थित गर्ने गरी कानुन ल्याइने प्रतिबद्धता जाहेर गर्न चाहन्छु । राज्यको अवस्थाबारे हामी भन्दा जानकार तपाईँहरू हुनुहुन्छ । यो व्यवस्था र संविधानलाई निर्माण गर्न तपाईँहरूको जति ठूलो भूमिका थियो, यसको संरक्षण गर्न र बचाउन राख्न अझ महत्त्वपूर्ण भूमिका हुने विश्वास लिएका छौँ । के गर्नसक्छौँ, सक्ने जतिको काम गर्ने विश्वास दिलाउन चाहन्छौँ ।’

निजामती कर्मचारीहरूले राष्ट्रिय स्तरका ट्रेड युनियन र आधिकारिक ट्रेड युनियनको व्यवस्था हुनुपर्नेसहित विभिन्न सेवा सुविधालाई विधेयकमा समावेश गर्नुपर्ने माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?