सुनको मूल्यमा सामान्य गिरावट

लोकपथ
560
Shares

काठमाडौं । सुनको मूल्यमा सामान्य गिरावट आएको छ । 

बिहीबार हालसम्मकै उच्च मूल्यमा पुगेर प्रतितोला एक लाख ९० हजार ६ सयमा कारोबार भएको सुन आज तोलामा  ८ सय घटेको हो । 

आज सुन प्रतितोला  एक लाख ८९ हजार छ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदी  एक हजार नौ सय ६० मा किनबेच हुनेछ । यो मूल्य आज पनि स्थिर रह्यो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?