हट्यो वीरगञ्जमा लगाइएको निषेधाज्ञा

लोकपथ
28
Shares
शनिबार दिउँसो झडप हुँदाको दृष्य

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्तिसुरक्षाको स्थिति सामान्य भएकाले आज बिहान ७ः०० बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

‘स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३क) बमोजिम वीरगञ्ज महानगरका केही क्षेत्रमा वैशाख १ गतेदेखि निषेधाज्ञा आज बिहान ७ः०० बजेदेखि लागू हुने गरी हटाउने निर्णय भएको छ’, जिल्ला सुरक्षा समितिको निर्णयमा भनिएको छ ।

गत शनिबार हनुमान् जयन्तीका अवसरमा आयोजित शोभायात्रामा दुईपक्षबीच झडप भएपछि महानगरका विभिन्न भागमा निषेधाज्ञा जारी गरिएको थियो ।

दुई पक्षबीच झडप भएपछि कर्फ्यू समेत जारी गरिएको थियो । तर अवस्था शान्त नभएपछि करिब ५ दिन निषेधाज्ञा समेत जारी गरिएको थियो । अवस्था शान्त बनेपछि आजबाट लागू हुने गरी निषेधाज्ञा समेत हटाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?