काठमाडौं । सर्वोच्च अदालतले अमेरिकाबाट डिपोर्ट भइ भुटान हुँदै नेपाल आएका ४ भुटानी शरणार्थीहरुलाई देश निकाला नगर्न आदेश दिएको छ ।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले झापा कारागारमा रहेका ४ भुटानी शरणार्थीलाई देश निकाला नगरी वैशाख ११ गते अदालतमा पेस गर्न आदेश दिएका हुन् ।
अमेरिकाले गत चैत ११ गते नेपाली भाषी भुटानीहरुलाई देश निकाला गरेको थियो । जसमा अशोक गुरुङ, सन्तोष दर्जी, आशिष सुवेदी र रोशन तामाङ रहेका छन् ।
अमेरिकाले डिपोर्ट गरेपछि उनीहरु आफ्नो मुल देश भुटान नै पुगेका थिए । तर भुटानले समेत देश निकाला गरेपछि भारत हुँदै झापा आइपुगेका थिए ।
अवैध रुपमा नेपाल प्रवेश गरेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरी थुनामा राखेको थियो । तर थुनामा रहेका भुटानी शरणार्थीहरुलाई थुनामुक्त गर्न माग गर्दै नारायणकुमार सुवेदीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएका थिए ।
उनीहरु नेपाली मुलका भुटानी रहेकामा देश निकालामा परेपछि नेपाल हुँदै पुनर्वासका लागि अमेरिका पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया