मकवानपुर । भीमफेदी–काठमाडौं सडकखण्डमा चलिरहेको एक कारमा आगलागी भएको छ । काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको भारतमा दर्ता गरिएको जीज १२ डीए ९६१८ नम्बरको कारमा आगलागी भएको हो ।
प्रहरीका अनुसार आगो लागेपछि गाडी पूर्ण रूपमा जलेर नष्ट भएको छ। यद्यपि, घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।
आगलागीको कारण खुल्न बाँकी रहे पनि प्रारम्भिक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। घटनापछि सडकमा केही समय तनाव भए पनि अहिले यातायात सञ्चालनमा आएको जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया