सुनको मूल्यले बनायो नयाँ रेकर्ड

लोकपथ
2.6k
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महंगो भएको छ ।

सोमबारको तुलनामा तोलामा १ हजार १ सयले वृद्धि भइ प्रतितोला छापावाला सुनको मूल्य १ लाख ७५ हजार २ सय पुगेको छ ।

जुन हालसम्मकै उच्च मूल्य रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन सोमबार भने सुनको मूल्य १ लाख ७४ हजार १ सय रहेको थियो ।

त्यसो त यसअघि गत शुक्रबार सुनको मूल्य १ लाख ७४ हजार ५ सय रहेको थियो । हालसम्मकै उच्च रहेको उक्त मूल्यको रेकर्डलाई तोड्दै आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।

यता चाँदीको मूल्य पनि तोलामा २ हजार ५० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?