काठमाडौं । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर गएको भूकम्पले सामान्य क्षति पुर्याएको छ । अहिले सम्म प्राप्त विवरण अनुसार भौतिक र मानवीय क्षति भएको छैन । तर जिल्ला कारागार कार्यालयमा एक जना बन्दी आत्तिएर भाग्नेक्रममा घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ भने भोटेकोशी गाउँपालिका वडा नम्बर ३ स्थित दुगुनागढीमा पहिरो खसेको छ ।
शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पको गएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया