काठमाडौं । प्रहरीले ४ जना विदेशी नागरिकको साथबाट झण्डै ४ केजी सुनसहित उनीहरुलाई समेत पक्राउ गरेको छ ।
बुधबार राति ९ बजेको समयमा फ्लाई दुबईको विमानमार्फत उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलिएका थिए । भन्सार समेत पास भएर बाहिरिएका उनीहरुको गतिविधि शंकास्पद भएपछि प्रहरीले सोधपुछका लागि पक्राउ गरेको थियो, जसबाट उनीहरु पक्राउ पर्न सफल भएका हुन् ।
पक्राउ पर्नेहरुमा ३ जना महिला र एक जना पुरुष रहेका छन् । उनीहरु सबै उज्वेकिस्तानका नागरिक रहेको खुल्न खाएका छन् । पक्राउ पर्नेहरुमा ४९ वर्षीया फेजिभा साउदत, ४८ वर्षीया अख्मेदोभा उमेदा, ५४ वर्षीया मारिफालिभा दिलफुजा र ४१ वर्षका तुरसुनोभ सारदोर रहेका छन् । पक्राउ परेका तीन महिला भरियाका रुपमा नेपाल आएको खुल्न आएको छ । साथै तुरसुनोभ भने मालिक रहेको र उनले नै तीन महिलालाई भरियाको रुपमा नेपाल ल्याएका थिए ।
मलद्वारमा लुकाइएको थियो सुन
प्रहरीले उनीहरु ४ जनाको साथबाट ३ किलो ७४५ ग्राम सुन बरामद गरेको थियो । पगालेर गुच्चा आकारमा २४ वटा डल्लाको कुल तौल ३ केजी ७४५ ग्राम रहेको छ । उनीहरुको साथबाट बरामद गरिएका ती सबै सुनका डल्लाहरु मलद्वारमा लुकाएर ल्याएका थिए ।
उनीहरु सबैलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगलमा बुझाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
यो पनि
३ केजी ७४५ ग्राम सुनसहित विमानस्थलबाट ४ जना पक्राउ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया