काठमाडौं । रसुवाको धुन्चेस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको आयोजनामा योग–ध्यान शिविर सञ्चालन भएको छ ।
नसर्ने रोगको जोखिम न्यूनिकरण तथा स्वास्थ्य प्रवर्द्धन गर्ने उदेश्यका साथ गत फागुन १० गते योग ध्यान शिविर सञ्चालन गरिएको हो ।
जिल्लामा नसर्ने रोगहरुको जोखिम रहेको भन्दै स्वास्थ्य मन्त्रालयको फागुन महिनाभर सञ्चालन हुने अभियान अन्तर्गत उक्त शिविर सञ्चालन भएको हो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलसहित जिल्ला जनश्वास्थ्य कार्यालय रसुवा, जिल्ला अस्पताल रसुवाको समन्वय तथा नागरिक समाज तथा वृद्धिजीविहरुको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
योग तथा ध्यानले मानिसलाई शारीरिक र मानसिक रुपमा समेत स्वस्थ राख्न मद्दत गर्ने भन्दै योग ध्यानको विकासमा जोड दिनुपर्ने आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया