‘हर्क र बालेन लोकतन्त्रका फूलहरु हुन्, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख स्वीकार छ’

लोकपथ
4.8k
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आवश्यक रहेको बताएका छन् ।

पार्टीले थालेको ‘तराई मधेश जागरण अभियान’ अन्तर्गत मोरङ पुगेका प्रचण्डले पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।

प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका लागि स्वतन्त्र मेयरहरु बालेन्द्र शाह बालेन र हर्क साम्पाङहरु उचित पात्र हुने समेत दाबी गरे । आफूले दुवै मेयरहरुलाई लोकतन्त्रको बारीमा फुलेका फूलहरु भन्ने गरेको र दुवै पात्रहरु स्वतन्त्र रुपमा जनताले पत्याएको पात्र रहेको बताए ।

यो देशमा साच्चै भ्रष्टाचार रोक्ने हो भने र सुशासनसहित स्थायित्वका लागि यो सिस्टम सुहाउँदो शासकीय स्वरुप चाहिन्छ, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिन्छ,’ उनले भने ।

हर्क साम्पाङ जस्तो मान्छे जितेर गयो भने पनि, जसले वडाध्यक्षको कुरै सुन्दैनन् भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले भने, ‘केही फरक पर्दैन, के फरक पर्छ र ? हर्क साम्पाङ आए पनि केही फरक पर्दैन, बालेन आए पनि केही फरक पर्दैन । अरु आए पनि फरक पर्दैन । मैले त उनीहरुलाई लोकतन्त्रका फूलबारीका फूल भनिनै सक्या छु । म त्यहाँबाट दाँयाबाँया छैन । त्यो हुँदा मैले उनीहरुलाई आफ्नै मान्छे ठान्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?