काठमाडौं । स्वर्गद्वारी गुठी किसानले जग्गाधनी प्रमाण पुर्जा प्राप्त गर्न आवश्यक पर्ने कानुनी व्यवस्थाको तर्जुमा गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले यस्तो निर्देशन दिएको हो ।
गुठी संस्थानको समेत समन्वयमा स्वर्गद्वारी गुठी किसानहरू जग्गाधनी प्रमाण पुर्जा दिन आवश्यक कानुनी व्यवस्था तर्जुमा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति कुसुमदेवी थापाले बताए ।
समितिले गुठी पीडितका समस्याका विषय तथा कार्य प्रगतिको विवरण समेत १५ दिनभित्र समितिलाई जानकारी गराउन निर्देशन दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया