पञ्चेश्वर परियोजनालाई अगाडि बढाउनेबारे छलफल भएको छ : उर्जामन्त्री खड्का

लोकपथ
105
Shares

काठमाडौं । उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालले टनकपुर बाँधबाट महाकाली नदीको पानी चाँडै पाउने बताएका छन् । 

‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिएर बिहीबार साँझ स्वदेश फर्किएका उर्जामन्त्री खड्काले भारत भ्रमणका क्रममा टनकपुर बाँधमा चाँडै पानी छोड्ने विषयमा सहमति भएको बताए ।

उनले सिँचाइतर्फ पञ्चेश्वर परियोजनालाई अगाडि बढाउनेबारेमा अन्तिम टुंगो लगाउने बारे छलफल भएको जानकारी दिए । उनले कोशीको विषयमा पनि केही छलफल भएको बताए । दुई देशबीचको सिँचाइ व्यवस्थापनको बैठक हुन नसकेको अवस्थालाई चिर्दै यही २२-२४ फेब्रुअरीमा छलफल गर्ने सहमति भएको बताए ।

दुई देशबीच संयुक्त लगानीमा बनेका ट्रान्समिसन लाइनको विषयमा ५०/५० प्रतिशत हुँदा निर्माणार्थ गर्नुपर्ने विषयमा दुबिधा हुने भएको अवस्थालाई मध्यनजर गरेर नेपालकोतर्फ नेपालको ५१ प्रतिशत र भारतको ४९ प्रतिशत र भारततर्फ भारतको ५१ र नेपालको ४९ प्रतिशत सहमति भएको बताए । बंगलादेशतर्फ पनि ट्रान्समिसन लाइन बनाउने कुराको छलफल अघि बढेको मन्त्री खड्काको दाबी छ ।

अबका वर्षहरूमा कार्बन शून्य उत्सर्जनको लक्ष्य लिएको र सोहीअनुसार कार्बन व्यापार को रकम प्राप्त गर्ने बताए । मन्त्री खड्काले भारत भ्रमण उपलब्धिमूलक रहेको र दुई देशबीचका सम्बन्ध अझ प्रगाढ भएको बताए ।

उनले भारत भ्रमणका क्रममा तीन जना मन्त्रीहरूसँग भेट गरेको र ठुला आयोजना सम्पन्न गर्ने बारेमा छलफल सकारात्मक रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?