यस्तो बन्यो बाबुराम नेतृत्वको नेसपा नयाँ शक्तिको ‘नयाँ टिम’ (नामावली)

लोकपथ
3.1k
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनले डा। बाबुराम भट्टराईलाई अध्यक्षमा निरन्तरता दिँदा उपाध्यक्षमा ईश्वर रिजाल, टेकबहादुर बाठा मगर र उमेश साह निर्वाचित भएका छन् । उपाध्यक्षमा डा. भट्टराईकी छोरी मानुषी यमी भट्टराई र दुर्गा सोब निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्षका लागि डा. भट्टराई र नेत्रप्रसाद चापागाईं भिड्दा भट्टराईले ७६१ मत प्राप्त गरे भने चापागाईंले ७३ मतमा चित्त बुझाउनु पर्‍यो । महाधिवेशनमा १३२४ जना प्रतिनिधि सहभागी रहेकोमा जम्मा ८२६ मत खसेको थियो ।

महासचिवमा सोनामसिं स्याङतान निर्वाचित हुँदा सचिवमा आशाकुमारी तामाङ, लक्ष्मण कार्की र भरत दाहाल छानिएका छन् । कोषाध्यक्षमा हरिप्रसाद रिजाल निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्य खुलातर्फ फणिन्द्र देवकोटा, रोशन पोखरेल, नारायणप्रसाद खनाल, रोहिणीप्रसाद पाण्डे, अमृतकुमार पुरी, विकास लामिछाने निर्वाचित भएका छन् । खुला महिला केन्द्रीय सदस्यमा तारादेवी भण्डारी, सावित्री राई र केन्द्रीय सदस्य खुला युवामा रूपनारायण श्रेष्ठ र अमित खनाल निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?