काठमाडौं । सरोकारवालाहरुले नेपालमा करिब ३० प्रतिशत सञ्चारमाध्यम सरकारको नियन्त्रणमा चलिरहेको बताएका छन् । विश्व रेडियो दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममाबोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
उनीहरूले साढे तीन सय बढी सामुदायिक रेडियोहरू रहेको भए पनि उनीहरूले सरकारका विषयवस्तुहरू मात्रै प्रशारित गर्ने गरेको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार तारानाथ दाहालले नेपालभर रहेका करिब ३ सय सामुदायिक रेडियोहरूले राष्ट्रिय समाचार समितिले दिने समाचार प्रशारण गर्ने गरेको बताए ।
सामुदायिक रेडियोहरूले समुदायको भन्दा बढी सरकारको समाचार प्रशारण गर्ने गरेको उल्लेख गरे । सञ्चारमाध्यमहरू अहिले पनि समुदायमा आधारित बन्न नसकेको गुनासो गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया