काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय सदस्य निरन्जन थापाले तरुण दलको महाधिवेशनका लागि क्यालेन्डर बनाउन माग गरेका छन् ।
तरुण दल केन्द्रीय कार्यसमितिले जिल्ला सभापति र केन्द्रीय सदस्यहरुको बुधबार बसेको बैठकमा आफ्नो धारणा राख्दै नेता थापाले सो कुरा बताएका हुन् ।
बैठकमा आफ्नो धारणा राख्दै नेता थापाले प्लस टु पढाइ सकेर बसेका युवा विद्यार्थीहरु भाषा सिक्ने र भिषा बनाएर विदेश जान रोक्न कम्तिमा सरकारसँग तरुणदलले पुलको काम गर्नु पर्ने बताए ।
त्यस्तै संगठनले विवादित विभिन्न जिल्लाहरुमा महाधिवेशन गराउनका निम्ति जिम्मेवारी तोकेकोमा केही जिल्ला बाहेक अधिकांश जिल्लामा अझै उस्तै रहेको र पुनः एकपटक केन्द्रले सम्बन्धित जिल्लाका जिम्मेवारी दिएका साथिहरुलाई बोलाएर वा आवश्यक सहकार्य गरेर जानुपर्ने बताए ।
त्यस्तै सातै वटा प्रदेशको भूगोलको बनावट हेरेर मात्रै तरुणदलको वडा देखि केन्द्रीय अधिवेशनको क्यालेन्डर निकाल्न पर्ने बताए ।
उनले भने, ‘अधिवेशन हुँदै हुदैन भनेर नकारात्मक भ्रम सिर्जना गर्ने भन्दा पनि अधिवेशन हुन्छ, हामी जिम्मेवार छौँ सम्पूर्ण जिल्ला अध्यक्षहरु जिम्मेवार हुनुहुन्छ भन्ने सकारात्मक सन्देश प्रवाह गरेर जाँदा ६० दिनमा महाधिवेशन सम्भव छ ।’
उनले नेताले आफ्ना खल्तीबाट छोरा, मीत छोरा ल्याएर टीका लगाएर संगठनको नेतृत्व दिई संगठनलाई धरासायी बनाउने जोखिम हुने भएकाले जुनसुकै हालतमा महाधिवेशन गर्नुपर्ने बताए ।
बैठकमा तरुणदलका निर्देशन समितिका सयोजक तथा पार्टिका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना समितिका सदस्यहरु सरिता प्रसाईं, जितजङ्ग बस्नेतको लगायतको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया