काठमाडौं । महाधिवेशनअन्तर्गत नयाँँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना आज (बुधबार) बिहान १० बजेदेखि सुरु हुने भएको छ । मंगलबार अबेर राति मतदान सकिएकाले आज बिहान मतगणना हुन लागेको हो ।
यस महाधिवेशनमार्फत ११ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन हुन लागेका छन् ।
महिला उपाध्यक्षमा मानुषी यमी भट्टराई र दलित उपाध्यक्षमा दुर्गा सोब निर्विरोध निर्वाचित भएका छन् ।
अध्यक्षमा संयोजक डा बाबुराम भट्टराई र नेत्र चापागाईं तथा महासचिवमा घमानसिंह गुरूङ र सोनामसिंह स्याङ्तान लगायत उम्मेदवार छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया