हाम्रो राजनीति बरालियो, ट्र्याक समात्न सकेनौं : उपमहासचिव शर्मा 

लोकपथ
84
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद जनार्दन शर्माले मिसन २०८४ भन्दै राजनीतिक दलहरूले जनतालाई ठगिरहेको टिप्पणी गरेका छन् । 

मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद शर्माले यस्तो टिप्पणी गरेका हुन् । उनले छिमेकी देशहरू विकास निर्माणको तीव्र गतिमा अघि बढिरहँदा राजनीतिक दलहरूको सोच र मानसिकताको कारणले अगाडि बढ्न नसकेको बताए ।

उनले राजनीति बरालिएका कारण मुलुकले विकासको ट्र्याक समात्न नसकेको बताए । उनले मिसन २०८४ नभई मिसन सुशासन र आर्थिक विकास हुनुपर्नेमा जोड दिए । 

राजनीतिलाई सही दिशामा लैजान सके मात्र मुलुकमा आर्थिक विकास सम्भव रहेको उनको भनाइ छ । उनले देशमा भएका भ्रष्टाचारको छानबिनको लागि शक्तिशाली आयोग गठनको गर्न समेत माग गरेका छन्  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?