काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सबै राजनीतिक दलका नेताहरूको सम्पत्ति शुद्धीकरण गर्नुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । बहुदलीय व्यवस्था ल्याउनुमा शीर्ष राजनीतिक दलका नेताहरूको योगदान रहे पनि त्यसको फाइदा उठाएर अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाए ।
उनले वर्षौँसम्म जेल बसेर बाहिर आएका नेताहरूको दरबार कसरी बन्यो ? भन्दै प्रश्न समेत गरे । उनले आफूहरू जुनसुकै अनुसन्धानका लागि तयार भए पनि सबैतिर सुशासन कायम गर्नुपर्ने बताए ।
संसद् संख्याको आधारमा नभई सिद्धान्तको आधारमा चल्ने उल्लेख गर्दै संख्याको धाक नलगाउन समेत सत्तापक्षको ध्यानाकर्षण गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया