काठमाडौं । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले कानुन निर्माणमा ढिलाइ हुँदा जनतामाथि अन्याय भइरहेको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले यस्ता कानुन निर्माण सुस्त गतिमा हुँदा जनताले पाउनुपर्ने सेवा सुविधा समेत पाउन नसकेको बताए ।
उनले जनतालाई प्रभावकारी सेवा दिनका लागि कानुन निर्माणमा जोड दिँदै विधेयक छिटो छरितो रूपमा पारित गर्नुपर्ने बताए । प्रहरी समायोजन ऐन, शिक्षा विधेयक र संघीय निजामती सेवा विधेयकलाई छिटो टुंगोमा पुर्याउनुपर्ने उनको भनाइ छ ।
उनले मुलुकमा राजनीतिक स्थिरता कायम गर्दै सुशासन कायम गर्नु र संविधान संशोधन वर्तमान सरकारको उद्देश्य रहेको समेत बताए । उनले सरकारका उद्देश्यहरू पूरा हुन नदिन सत्ताबाहिरका पार्टीहरू लागिपरेकोसमेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया