काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले संसद् बैठक संसद्को नियमावलीअनुसार नचलेको टिप्पणी गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले सरकारले नियमापत्ति गर्दा संसद् नियमावलीको व्यवस्थाअनुसार गर्नुपर्नेमा त्यस्तो नगरेको आरोप लगाए ।
यसअघि सत्तारुढ दल नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलालले नियमापत्ति जनाएका थिए । पराजुलीलेले सरकारले दुई तिहाइको धाक लगाउँदै संसद्लाई पेल्न खोजेको आरोप लगाए ।
उनले संसद् कसरी चलाउने भनेर सरकारले सिकाउने हो कि सभामुखले स्वविवेक प्रयोग गर्ने हो सभामुख महोदय ? भन्दै प्रश्न समेत गरे । सदन सञ्चालनमा सरकारले हस्तक्षेप गरे स्वीकार्य नहुने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया