काठमाडौं । नेपाली कांग्रेसकी सांसद अञ्जनी श्रेष्ठले जंगली जनावरहरु गाउँबस्तीमा छिर्दा नागरिकहरुलाई सुरक्षा खतरा भएको भन्दै समाधान गर्न सरकासँग माग गरेकी छन् ।
मंगलबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । उनले जंगली जनावरहरु गाउँबस्तीमा छिर्दा चितवनको निकुञ्ज वरपरका नागरिकको जिउज्यान जोखिममा रहेको बताइन् ।
उनले जंगलभित्रका जनावरहरुलाई जंगलभित्रै बाँच्नसक्ने वातावरण मिलाउन समेत माग गरिन् । उनले जंगलभित्रका जनावरहरुलाई जंगलभित्रै खाद्यान्नको व्यवस्थापन गर्नुपर्ने बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया