बालेनलाई अमरेशको चुनौती : ‘सक्छौ भने संसद् भवनदेखि सिंहदरबार भत्काएर देखाउ’ (भिडियोसहित)

लोकपथ
448
Shares

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई जर्मनीका तानाशाह हिटलरको संज्ञा दिएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद सिंहले कवाडी व्यवसायीमाथि महानगर प्रहरीले आक्रमण गरेको भन्दै कटाक्ष गरेका हुन् ।

आइतबार काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोलीले कवाडी व्यवसायीमाथि आक्रमण गरेर घाइते बनाएको सिंहले बताए ।

‘काठमाडौं महानगरपालिकाको मेयर जसरी जर्मनीमा नाजीवादको उदय भएको थियो हिटलरबाट । ठ्याक्कै त्यस्तै हिटलरको शैलीमा हिजो कवाडीमाथि डोजर चलाइयो र गरिब मजदुरहरुलाई घाइते बनाइयो । त्यो मजदुरमा मुस्लिम पनि छ, दलित पनि छ, मधेशी पनि सबै गरिब तप्काका छन्,’ उनले भने, ‘म बालेनलाई च्यालेन्ज गर्छु, हिम्मत छ भने संसद् भवन भत्काएर देखाउ । हिम्मत छ भने सिंहदरबार भत्काएर देखाउ । हिम्मत छ भने रामशाहपथको सर्वोच्च अदालत भत्काएर देखाउ । हिम्मत छ भने बालुवाटार र शितलनिवास भत्काएर देखाउ । यो नाजीवादको शैली काठमाडौंको मेयरको चल्दैन ।’

त्यस्तै उनले कवाडी व्यवसायीमाथि आक्रमण हुँदा पनि संघीय सरकार टुलुटुलु हेरेर बसेको आरोप लगाए । साथै गरिब नागरिकमाथि मेयर बालेनको आदेशमा आक्रमण भएको समेत उनको आरोप छ ।

लोकतन्त्रमा जनताको सुरक्षाको ग्यारेन्टी गरिएको हुने भन्दै कुनै पेशा व्यवसाय गर्ने नागरिकमाथि आक्रमण हुनु निन्दनीय रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?