‘संगठनलाई व्यवस्थित, सुदृढ र क्रियाशील बनाउन प्रहरीसम्बन्धी विधेयक ल्याइएको हो’

लोकपथ
742
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनलाई समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउन प्रहरीसम्बन्धी विधेयक ल्याइएको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा विरोधको सूचनाउपर जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । 

प्रहरी संगठनको व्यवस्थापनको लागि गहिरो अध्ययन र छलफल गरी परिपक्क ढंगबाट विधेयक ल्याइएको उनको भनाइ छ । उनले विधेयक नेपाल प्रहरी सेवालाई संविधान, प्रचलित कानुन तथा मानव अधिकारप्रति प्रतिबद्ध, व्यावसायिक र प्रभावकारी बनाउँदै अपराध रोकथाम तथा नियन्त्रण गरी शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्न र अपराधको अनुसन्धान गर्नको लागि नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न वाञ्छनिय भएको बताए ।

विधेयकमा भएका त्रुटिहरूलाई संसदबाट परिमार्जन गर्नुपर्ने उनको भनाइ छ । उनले अब पनि हतार भयो भन्दै कानुन बनाउन ढिलाइ गर्न नहुने बताए । सरकारको पहिलो प्राथमिकता नीति र कानुनमा सुधार रहेको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?