झापाबाट काठमाडौं हिँडेकी महिला बेपत्ता, खोजिदिन परिवारको आग्रह

लोकपथ
0
Shares

काठमाडौं । झापाबाट काठमाडौं हिँडेकी एक महिला बेपत्ता भएकी छन् ।

झापाको शिवसतासी नगरपालिकाको डुडामारीकी ४५ वर्षीया मालती भुजेल बेपत्ता भएकी हुन् ।

माघ २६ गते शनिबार अपरान्ह ४ः४५ बजेको समयमा उनी काठमाडौं आउन भनी झापाको धरमपुरबाट २६५५ नम्बरको बस चढेकी थिइन् । महादेव यातायातको उक्त बस बिच बाटोमा बिग्रिएपछि सो गाडीको चालक र सहचालकले अर्को गाडीमा चढाएर काठमाडौं पठाएका थिए । तर उनी कुन बसमा चढ्नि भन्ने कुनै जानकारी नभएको परिवारले जनाएको छ ।

उनलाई देख्ने वा भेट्नेले ९८५११०३७६६ (तीर्थराज खनाल) वा ०१४७७८७१ (प्रदीप भुजेल) मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?