काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कानुन निर्माणको दृष्टिकोण नै त्रुटिपूर्ण रहेको बताएका हुन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राज्यका सञ्चालकहरूले अधिकारको दुरुपयोग गर्ने र नियन्त्रणमुखी सोच राखेर कानुन निर्माण गर्ने गरेको बताए ।
कानुन निर्माण सेवा प्रवाहलाई प्रभावकारी बनाउन, सुशासन कायम गर्न, विकास निर्माणको कामलाई गति दिनका लागि कानुन बनाउनुपर्नेमा नियन्त्रणकारी कानुनहरू धेरै भएको बताएका छन् ।
एउटा मन्त्रालय र अर्को मन्त्रालयले बनाएका कानुनमा एउटा काममा अर्कोलाई अवरोध सिर्जना गर्ने प्रवृत्ति धेरै हुँदा विकास प्रक्रिया र सुशासन कमजोर बनेको उनको भनाइ छ ।
नागरिक बलियो हुन राज्यलाई बलियो बनाउनुपर्ने र राज्य बलियो बनाउने हो भने लोकतन्त्रमा राजनीतिक दलहरू बलियो बनाउनुपर्ने बताए । कसैले कसैप्रति कटाक्ष गरिकन समाज अगाडि बढ्न नसक्ने उनको भनाइ छ ।
समाजका सबै अंगहरु सम्मानित र प्रतिष्ठित भयो भने राज्य बलियो हुने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया