राजनीतिक दलहरू गम्भीर नहुँदा कानुन निर्माण हुन सकेनन् : प्रमुख सचेतक परियार

लोकपथ
63
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राजनीतिक दलहरू गम्भीर नहुँदा कानुन निर्माण हुन नसकेको बताएका छन् । 

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राजनीतिक पार्टीका कारणले कानुन निर्माण नभएको दाबी गर्दै उनले संसद्ले कानुन निर्माण गर्न नसकेको भन्नेकुरा सत्य नरहेको बताए ।

उनले अहिलेसम्म पनि आधारभूत संविधान कार्यान्वयन गर्ने कानुन बनाउन नसक्नु दुःखको विषय भएको बताए । संविधान कार्यान्वयन नगर्ने अनि प्रणालीलाई दोष दिएर उम्किने काम गर्न नहुने बताए । उनले संविधानको कार्यान्वयन नै नगरी पुनरावलोकनको कुरा नआउने उल्लेख गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?