राजनीति समाजका समस्या समाधान गर्ने साधन हो : डा. बाबुराम भट्टराई

लोकपथ
21
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीति समाजका समस्या समाधान गर्ने साधन भएको बताएका छन्  ।

पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले यो युगको नयाँ वैकल्पिक राजनीतिको निम्ति वैकल्पिक राजनीतिक शक्तिहरुको बीचमा नै विमर्श हुनुपर्ने बताए ।

उनले बेइमान र ठगहरूको बिगबिगी भएको समाजमा सोझो इमान्दार र सरल ढंगले अघि बढ्न नसक्ने अवस्था रहेको बताए । उनले राजनीति भनेको ठिक र बेठिकको बीचको निरन्तर द्वन्द्व भएको पनि बताए ।

आफूहरूले गर्ने राजनीति रूपान्तरणकारी राजनीति भएको उनको भनाइ छ । अध्यक्ष भट्टराईले वैकल्पिक राजनीति भनेको रूपान्तरणकारी राजनीति भएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?