सरकारसँग डिपी अर्यालको प्रश्न– ‘कसको स्वार्थपूर्ति गर्न हतारमा अध्यादेश ल्याइयो ?’

लोकपथ
77
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राजनीतिक दलहरूमा युवाहरूको सहभागिता नबढेसम्म राजनीति सत्ताको खेलमा मात्रै सीमित हुने बताएका छन् । 

आइतबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ट्रान्सफर्मेटिव राजनीतिका लागि मूल्य मान्यता, पारदर्शीता र जिम्मेवारीसहितको नेतृत्व अपरिहार्य रहेको बताए । उनले वर्तमान सरकार जति बलियो छ त्यत्तिकै बलियो आंशका र बेथिति देखिएको टिप्पणी गरे ।

उनले सरकारले संसद् छलेर अध्यादेश ल्याएको र व्यक्तिलक्षित निषेध र प्रतिशोधको राजनीति गरेको कारण सरकारप्रति जनताको विश्वास गुमेको बताए । 

उनले कसको स्वार्थपूर्ति गर्न हतार हतार अध्यादेश ल्याइएको हो ? भन्ने प्रश्न गर्दै यसको जवाफ सरकारले दिनुपर्ने बताए । जनमुखी काम गरे सरकारलाई सधैँ साथ र सहयोग गर्न तयार रहेको समेत उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?