काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले तत्काल प्रधानमन्त्री, मन्त्री बन्नका लागि आफूहरू राजनीतिमा नलागेको बताएका छन् । आइतबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले नयाँ पार्टी खोलेको केही समयमै नतिजा खोज्नु गलत रहेका बताएका छन् । उनले नागरिकले तत्काल नतिजा खोज्ने गरेको भए पनि त्यसका लागि धैर्यता राख्नुपर्ने बताए ।
उनले आफू तत्काल प्रधानमन्त्री बन्न, मन्त्री बन्नका लागि नभई विचार स्थापित गरेर देशलाई निकास दिन राजनीतिमा आएको बताएका हुन् ।
अध्यक्ष राउतले पुराना राजनीतिक दलहरूबाट सिकेर नयाँ पार्टी अघि बढ्नुपर्ने बताए । पुराना राजनीतिक दलहरू पनि रातारात नआएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया