स्रोत नखुलेको नेपाली र भारतीय लाखौँ रुपैयाँसहित तीन जना पक्राउ

लोकपथ
329
Shares

बारा । स्रोत नखुलेको रकमसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट स्रोत नखुलेको १० लाख १७ हजार ५ सय नेपाली रुपैयाँ र १ लाख ४७ हजार ५ सय भारतीय रुपैयाँ सहित भारत घर भएका ५० वर्षीय उजिर मियासहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले नारायणघाटबाट वीरगंजतर्फ जाँदै गरेको ना.५ ख ६५४४ नम्बरको बसमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?