निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य अपरिहार्य : सभामुख घिमिरे

लोकपथ
28
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले बढ्दो कार्बन उत्सर्जनका कारण पृथ्वीको तापक्रमले नेपाललाई गम्भीर रूपमा प्रभावित बनाएको बताएका छन् । 

आइतबार सहारा नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालले आफैँले नगरेको अपराधको सजाय अहिले भोगिरहेको बताए । 

उनले विश्वका समृद्ध तथा औद्योगिक राष्ट्रहरूले अध्याधिक मात्रामा उत्सर्जन गरेको कार्बनको प्रत्यक्ष असर नेपालको प्राकृतिक सम्पदामा परेको बताए । हिमाली क्षेत्रमा हिउँको मात्रा घट्दै जानु प्राकृतिक चक्रमा गम्भीर असर परिरहेको संकेत भएको उल्लेख गरे । 

उनले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीहरूका सामना गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज तथा अन्तर्राष्ट्रिय साझेदारहरूको सहकार्य अपरिहार्य रहेको बताए । जीवनयापनको संकट भोगिरहेका समुदायलाई सहयोग पुर्‍याउने तथा वातावरणीय क्षति न्यून गर्नका लागि योजनाबद्ध प्रयास गर्नु आवश्यक भएको बताए । 

सभामुख घिमिरेले क्लाइमेट पाल्र्यामेण्ट जस्ता अन्तर्राष्ट्रिय फोरमहरुमार्फत संघीय सांसदहरुले जलवायु नीति निर्माण, नवीकरणीय ऊर्जाको प्रवर्द्धन र वातावरणीय सुधारका लागि आवश्यक पहल गरिरहेको उनको भनाइ छ । नवीकरणीय ऊर्जाको प्रवर्द्धन, वातावरणीय कानुन निर्माण तथा हरित बजेट परियोजनाका कार्यहरू संसदमार्फत अघि बढिरहेको बताए । वृक्षारोपण गर्दा भरसक फलफूलका बिरुवाहरू रोप्न प्राथमिकता दिन आग्रह गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?