काठमाडौं । सञ्चारकर्मी दीपक समिरको कथा संग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन भएको छ । शनिबार काठमाडौंमा एक समारोहबीच कथा संग्रहको विमोचन गरिएको हो ।
इन्डिगो इन्कले प्रकाशनमा ल्याएको कथा संग्रहको विमोचन कार्यक्रममा डा. गीता त्रिपाठी, डा. महेन्द्र विष्ट, फूलमान बल लगायतका वक्ताहरुले आफ्नो धारणा गरेका व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै समिरले कथा लेख्न गाह्रो नभएपनि केही कुराहरुम केही कमजोरी भएको छ की भन्ने महसुस भएको बताए । यो आफ्नो पहिलो कृति भएको बताए । उनले यसमा कुनै विवाद हुन्छ की भन्ने महसुस गरे पनि कथा पढिसकेपछि त्यसले शीर्षकको महत्त्व बुझिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया