काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सामाजिक सञ्जाल सम्बन्धी कानुनमा स्वनियमनलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नियन्त्रण भन्दा पनि नियमन गर्ने गरी विधेयक ल्याउनुपर्नेमा स्वनियमनलाई प्राथमिकता नदिइएको बताए ।
उनले सकारात्मक पक्षहरू कसरी व्यवस्थित गर्ने र नकारात्मक पक्षहरूलाई कसरी न्यूनीकरण गर्ने ? त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने पनि राज्यको दायित्व भित्रको विषय भएको बताए ।
विधेयकमा संविधानको भावनालाई मार्न नहुने गरी विधेयक ल्याइनुपर्ने बताए । सामाजिक सञ्जाल सम्बन्धी कानुन आवश्यक रहेको उल्लेख गरे ।
महासचिव गुरुङले बोलेको आधारमा जेल जानुपर्ने, ठूलो जरिबाना भोग्नुपर्ने जस्ता आपत्तिजनक प्रस्ताव गरिएको भन्दै त्यसलाई संशोधन गर्नुपर्ने बताए । सामाजिक सञ्जाल प्रयोग कर्ताको स्वनियमन र नियमनलाई जोड दिनुपर्ने बताए ।
अभिव्यक्ति स्वतन्त्रतालाई अपराधीकरण फौजदारी करण गर्न नहुने भन्दै यसलाई फौजदारी करण गर्ने मानसिकताले ल्याउने हो भने विधेयक नै आवश्यक नरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया