काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले सार्वभौम सत्ता संसदमा नभई जनतामा निहित रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् ।
उनले जनतामा रहेको सार्वभौम सत्ता चुनावबाट डेलिगेट गरिएको बताए । जनतामा रहेको शक्तिलाई अर्को चुनावमा डेलिगेट गर्दा कोही पनि ठूलो छु भनेर घमण्ड नहुने बताए । सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा पनि आफ्ना अधिकार प्रयोग गर्दा अरूका अधिकार पनि मास्न हुँदैन भन्ने कुरा ध्यान दिनुपर्ने बताए ।
संविधानले तोकेको सीमाभित्र बसेर आफ्ना कुरा भन्न र गर्न पाइने बताए । उनले संविधानअनुसार कुनै पनि राजनीतिक दलहरूले राजा ल्याउन चाहे संविधानअनुसारका मागहरू पूरा गरेर ल्याउन सक्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया