सरकारले अध्यादेश ल्याउनुको कारण जनतालाई बताउनुपर्छ : अध्यक्ष केसी 

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले अध्यादेश ल्याउनुको कारण जनतालाई बताउनुपर्ने बताएका छन्  । शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले संसद्को माध्यमबाट राष्ट्रलाई अगाडि बढाउनुपर्नेमा सरकार उल्टो बाटोमा लागेका आरोप लगाए । उनले अध्यादेश ल्याउनै पर्नेगरी राष्ट्रलाई के संकट परेको थियो भन्दै प्रश्न समेत गरे ।

उनले राजनीतिक दलहरूको यही नीति, व्यवहार र चरित्रले मुलुकको अर्थतन्त्र नसुध्रिने समेत जिकिर गरे । प्रमुख राजनीतिक दलका नेताहरूकै कारण मुलुकको विकास हुन नसकेको उनको आरोप छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?