डीजीटल भुक्तानीमा लगाएको भ्याट खारेज गर्दै निःशुल्क बनाउन रास्वपा सांसद डाँगीको माग  

लोकपथ
105
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले डीजीटल भुक्तानीमा सरकारले लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गरेकी छन् । 

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । उनले डीजीटल भुक्तानी गर्दा भ्याटसहित तिर्नुपर्ने भएको कारण डीजीटल भुक्तानी गर्न आम नागरिक निरुत्साहित भइरहेको बताइन्  ।

सरकारले डीजीटल भुक्तानीमा पनि भ्याट लगाइदिएपछि फोनपे, ईसेवा, खल्ती, कनेक्ट आईपीएस लगायतका डीजीटल भुक्तानी सेवा प्रयोग गरेबापत सेवा शुल्क बढेको छ ।  नेपाल राष्ट्र बैंकले अन्तरबैंक फण्ड ट्रान्सफरमा प्रतिकारोबार अधिकतम १० रूपैयाँसम्म मात्रै शुल्क लिने पाउने व्यवस्था गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?