काठमाडौं । रक्षामन्त्री मानवीर राईले सैनिक सामग्री खरिद एवं व्यवस्थापन, बंकरदेखि ब्यारेक कार्यक्रम र राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा लक्ष्य बमोजिम प्रगति भएको बताएका छन् ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले विपद् प्रतिकार्यमा नेपाली सेनाको सक्रियता र भूमिका उल्लेखनीय रहेको बताए । उनले काठमाडौं/तराई/मधेस द्रुत मार्ग सडक आयोजनाको सुरु बिन्दु यथाशीघ्र निर्माण गर्नको लागि सरोकारवालाबीच समन्वय भइरहेको बताए ।
उनले खरिद प्रक्रियालाई कानुनसम्मत एवं पारदर्शी हिसाबले अघि बढाउनुका साथै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम द्रुत मार्गको गुणस्तर कायम गर्न निर्माण पूर्व र निर्माणको क्रममा प्रयोग हुने सामग्री लगायत निर्माण कार्यको गुणस्तरमा कुनै सम्झौता नगर्ने विषयमा विशेष ध्यान दिन जरुरी रहेको उल्लेख गरे ।
उनले निर्धारित समयमै गुणस्तरीय रूपमा निर्माण गराउने सन्दर्भमा मन्त्रालयले निरन्तर सहयोग र समन्वयका साथै निरन्तर अनुगमन गर्नुपर्ने जरुरी रहेको बताए ।
रेलमार्ग खोकना क्षेत्रमा नजाने पनि दाबी गरे । खोकना क्षेत्रमा स्मार्ट सिटी पनि जग्गाको अभावका कारण बन्न नसक्ने बताए । फास्टट्रयाकमा लाभकर छुट दिने कुरा जनताका लागि काम गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया