काठमाडौं । नेपाली कांग्रेसकी सांसद नागिना यादवले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीमाथि धरपकड गरिरहेको उल्लेख गर्दै कवाड व्यवसायीको जिउधनको सुरक्षा गर्न माग गरेकी छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । उनले कवाड व्यवसायीलाई काठमाडौं महानगरपालिकाले भौतिक संरचनाको तोडफोड र व्यवसायीलाई धरपकड गरिरहेको उल्लेख गरिन् ।
देशमा संचालित उद्योगहरूलाई चाहिने कच्चा पदार्थ आपूर्ति र देशको व्यापार घाटा कम गर्न कवाड व्यवसायको महत्त्वपूर्ण भूमिका खेलेको भए पनि महानगरले अराजक शैलीमा अपहरण गरिरहेको उनको आरोप छ ।
उनले व्यवसायीहरूलाई कुटपिट, गाली गलौच जस्ता अभद्र व्यवहार भइरहेको उल्लेख गर्दै कवाड व्यवसायीमाथि भइरहेको अराजगत गतिविधि रोक्नुपर्ने माग गरेकी हुन् । कवाड व्यवसायीहरूले वातावरणीय सरसफाईमा समेत योगदान गर्दै आएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया