दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

लोकपथ
49
Shares
फाइल तस्बिर

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछन् । जसअन्तर्गत बिहान ८ बजे शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सुरु भएको छ । बैठकमा आगामी दिनमा हुने राष्ट्रिय खेलकुदको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या र भावी कार्यदिशाका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयसँग छलफल हुनेछ । 

त्यस्तै बिहान ९ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग छलफल हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?