काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स स्वार्थ समूहलाई दिने चलखेल भइरहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।
उनले सरकार नयाँ स्टक एक्चेञ्जको पुनःसंरचना गर्न छाडेर नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने होडबाजीमा लागेको बताए । उनले नयाँ स्टक एक्चेञ्जको लाइसेन्स निजी क्षेत्रलाई दिने भए कमिसनबाट नभई खुला प्रतिस्पर्धा दिन आग्रह गरे ।
नयाँ स्टक एक्सचेन्जको लाइसेन्समा पनि स्वार्थ समूह हाबी देखिएको उल्लेख गरे । खुला प्रतिस्पर्धाका आधारमा नभए प्रमुख प्रतिपक्ष दलले सरकारलाई खबरदारी गर्ने बताए ।
सरकारले समयमा विकास निर्माणको लागि ठेक्का समेत लगाउन नसकेको उल्लेख गरे । उनले बजेटमा व्यवस्था विकास निर्माणका आयोजनाहरू तत्काल ठेक्का लगाएर सुरुवात गर्न सरकारसँग माग गरे । आफू अर्थमन्त्री हुँदा हरेक सांसदहरूको क्षेत्रमा एउटा आयोजनामा राखिएको तर वर्तमान सरकारले खुद्रे आयोजनाको नाम दिएर कार्यान्वयनमा बेवास्ता गरेको उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया