एचपीभी खोपलाई राष्ट्रिय खोप तालिकामा राखी कार्यान्वयनमा ल्याइसक्यौँ : स्वास्थ्यमन्त्री पौडेल

लोकपथ
14
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणको लागि आवश्यक एचपीभी एचभीपी खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गरिएको बताएका छन् । 

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले । पाठेघरको मुखको क्यान्सरलाई निवारण गर्ने विश्वव्यापी रणनीतिलाई अवलम्बन गर्दै एचपीभी खोपलाई राष्ट्रिय खोप तालिकामा राखी कार्यान्वयनमा आएको बताए । यो सँगै राष्ट्रिय खोप तालिकामा ११ वटा खोपहरू समावेश गरिएको मन्त्री पौडेलले बताए । उनले नेपालमा हरेक दिन ६ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको र ४ जना महिलाको यही रोगको कारण मृत्यु हुने गरेको उल्लेख गरे । 

उनले नेपालको कुल मृत्युको ११ प्रतिशतभन्दा बढी हिस्सा क्यान्सरले लिएको उल्लेख गर्दै यसको यसको न्यूनीकरणका लागि निश्चित लक्ष्य लिएर अघि बढ्न जरुरी रहेको बताए । उनले डब्लुएचओले पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रूपमा नरहने अवस्थामा पुर्‍याएर निवारण गर्न १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई एचपीभी खोप दिएर सन् २०३० सम्ममा यो खोपको कभरेज कम्तीमा ९० प्रतिशत पुर्‍याउने रणनीति निर्धारण गरेको बताउँदै त्यही रणनीतिको आधारमा सरकार अघि बढिरहेको दाबी गरे । 

उनले विश्वमा हरेक वर्ष पाँच लाख ७० हजार महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको बताए । उनले सन् २०३० सम्ममा यो संख्या वृद्धि भएर ७ लाखसम्म पुग्ने अनुमान गरिएको समेत उल्लेख गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?