बिहीबारको संसद् बैठकमा सभापति लामिछानेको विषय उठान गर्ने रास्वपा संसदीय दलकाे निर्णय

लोकपथ
336
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलले आगामी संसद बैठकमा पनि सभापति रवि लामिछानेको विषय उठान गर्ने निर्णय गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टी सचेतक निशा डाँगीले जानकारी दिए ।

उनले दलको बैठकमा तीन वटा एजेण्डाहरु रहेको र जसमा संसदमा दर्ता भएका विषय,अध्यादेशको विषय र संसदको आकस्मिक,विशेष र शून्य समयमा उठाउनुपर्ने विषयमा छलफल गरेको बताए ।

उनले पार्टी सभापति रवि लामिछानेका विषयमा संसदमा निरन्तर कुरा उठाउने दलले निर्णय गरेको पनि बताए ।  उनले संसदमा दर्ता भएको अध्यादेशबारे बोल्ने सांसदहरूको नाम समेत टुङ्गो लगाएको उल्लेख गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?