सुशासन र विकासका लागि अध्यादेश : सञ्चारमन्त्री गुरुङ

लोकपथ
35
Shares

भक्तपुर । सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशमा सुशासन र विकासका लागि अध्यादेश ल्याइएको बताएका छन् ।

रफत सञ्चार क्लबको १५औँ वार्षिकोत्सव कार्यक्रममा आज बोल्दै उनले अध्यादेश संसद् छल्नका लागि नभई छिटो कानुन निर्माणका लागि भएको स्पष्ट पारे । 

मन्त्री गुरुङले भने, ‘अध्यादेश जनताको अधिकार खोस्न ल्याइएको होइन, देशको संकट चाँडो समाधान गर्न ल्याइएको हो । विद्यमान कानुनमा सुधार गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यलाई ध्यानमा राखेर नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्न ल्याइएको हो ।’

अध्यादेश संसद्बाट पारित गर्ने भएकाले संसद्लाई छल्ने कुरै नहुने उनको भनाइ थियो । उनले अहिले पनि देश २०१४ साल, २०१८ सालको कानुनले चलिरहेकाले छिटो कानुन ल्याउन अध्यादेश ल्याएको बताए । मन्त्री गुरुङले भने, ‘विधेयक बनाउने समितिमा माननीय नै हुँदैनन्, कहिले कोरम पुग्दैन, संसद्मा एउटा विधेयक पास गर्न पाँच/छ वर्ष लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?