अधिराजकुमारी सोफियाद्वारा कीर्तिपुर आँखा अस्पताल अवलोकन

लोकपथ
35
Shares

काठमाडौं ।  नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफिया आज कीर्तिपुरस्थित ‘कीर्तिपुर आँखा अस्पताल’ गई अस्पतालबाट प्रदान भइरहेका सेवा एवं सेवाग्राहीसँग भेटघाट गरेकी छन्।

नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित सो अस्पतालले विसं २०७४ देखि सेवा सुरुआत गरेको थियो। अस्पतालले बेलायतको विकास साझेदार संस्था ‘रिड्ली आइ फाउण्डेसन’का सहयोगमा नेपालका विकट उच्च पहाडी क्षेत्रमा निःशुल्क मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन गर्दै आएको छ।

सो अवसरमा अधिराजकुमारी सोफियाले नेपालको आँखा स्वास्थ्य क्षेत्रमा भएको प्रगतिको उच्च सराहना गर्दै आगामी दिनमा नेपालले आफ्नो प्राथमिक स्वास्थ्य प्रणालीमा आँखा उपचार सेवालाई पनि अझ बलियो बनाउन सुझाव दिएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?