काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले राजनीतिक दलहरू गम्भीर नहुँदा संसदले कानुन निर्माण गर्न नसकेको बताएका छन् ।
बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सांसदसमेत रहेका प्रमुख सचेतक परियारले यस्तो बताएका हुन् । उनले राजनीतिक पार्टीहरूले कानुन निर्माणको विषयलाई गम्भीरताका साथ लिए संसदले कानुन निर्माण ढिलाइ नगर्ने उनको विश्वास छ ।
उनले सांसदहरू कै कारण कानुन निर्माण सुस्त भएको बताए । उनले संसद् राजनीतिक दलहरूका कारण खण्डित भइरहेको उल्लेख गर्दै राजनीतिक दलहरू यसमा गम्भीर हुन जरुरी रहेको बताए ।
विद्यालय शिक्षासम्बन्धी विधेयक र संघीय निजामती विधेयक आउनमा राजनीतिक दलहरूकै कारण ढिलाइ भइरहेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया