ढोरपाटनको विकासका लागि दिनरात लागेका छु : सांसद भट्टचन

लोकपथ
56
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य देवीप्रसाद भट्टचनले नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनको विकासका लागि आफू लागिपरेको बताएका छन् ।

मंगलबार बाग्लुङको ढोरपाटन नगरपालिकाको प्रमुख प्रशासकीय भवनको उद्घाटन सत्रमा बोल्दै सांसद भट्टचनले ढोरपाटनको विकासका लागि निरन्तर लागिपरेको बताए ।

जिल्लाबाट २ जना संघीय र ४ जना प्रदेश सांसद रहेको अवस्थामा ३ जना प्रदेश सांसद र आफू समेत गरी ४ जना ढोरपाटनबाटै प्रतिनिधित्व गरिरहेको बताए ।

‘यसै क्षेत्रमा ६ जना सांसद रहेका छन् । त्यसमध्ये २ जना संघीय सांसद र ४ जना प्रदेश सांसद रहेका छन् । अचम्म कुरा के छ भने यो ढोरपाटनमै बसोबास गर्ने र प्रत्यक्ष सम्बन्ध भएका तीन जना प्रदेश सांसद हुनुहन्छ र म स्वयंको संलग्न रहँदा ४ जना सांसद रहेका छौँ । ढोरपाटनबाटै ४ जना सांसद रहेको अवस्थामा यस क्षेत्रको विकासमा कुनै कमी हुनु हुँदैन ।’

कृषि, पर्यटन र जलविद्युत त्यस क्षेत्रको विकासका मुख्य आधार रहेको समेत बताए ।

सरकारले चर्चित किबी, च्याउ आलु लगायत बालीहरुको विकासका लागि लगानी गनु आवश्यक्ता रहेकोमा जोड दिए ।

यसअघि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई ढोरपाटन भ्रमण गराएको स्मरण गराउँदै वर्तमान राष्ट्रपति रामचन्द्र पौडेललाई समेत भ्रमण गराउने बताए । आफूले राष्ट्रपतिलाई भ्रमणको निम्ता दिएको र राष्ट्रपति पौडेलले आफूले समय मिलाएर भ्रमण गर्ने र त्यसको विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाएको जानकारी गराए ।

ढोरपाटनको प्रशासकीय भवनको उद्घाटनका लागि उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको पुगेका थिए । भट्टचनको पहलमा उपप्रधानमन्त्री सिंहलाई समेत सो क्षेत्रको भ्रमण गराइएको थियो । सिंहको भ्रमणपछि सो क्षेत्रको विकासका लागि सरकारले काम गर्ने विश्वास रहेको समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?