चन्द्रागिरिमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

लोकपथ
322
Shares

काठमाडौं । चन्द्रागिरि नगरपालिका–९ चुनदेवी चोकमा मोटरसाइकल र गाडी ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मत्यु हुनेमा बागमती प्रदेश ०२–०४६ प ७१२९ नम्बरको मोटरसाइकलका चालक ३९ वर्षीय कुमार श्रेष्ठ छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बलम्बुस्थित एपीएफ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनी सवार मोटरसाइकल र बा ४ ख १७० नम्बरको गाडी आपसमा ठोक्किएका थिए ।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार १ जना पनि घाइते भएका छन् । उनको बीएन्डबी अस्पताल ललितपुरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?