जित्नैपर्ने दबाबमा आज नेपाल थाइल्याण्डसँग खेल्दै 

लोकपथ
189
Shares

काठमाडौं । राजधानीमा जारी त्रिकोणात्मक सिरिजअन्तर्गत आज नेपाल थाइल्याण्डसँग खेल्दै छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सवा १२ बजे नेपालले आज शृङ्खलाको चौथो खेल थाइल्याण्डसँग खेल्न लागेको हो ।

नेपालको कप्तानमा इन्दु बर्मा छन् भने थाइल्याण्डको कप्तानमा नारुमोल चाइवाइ छन् ।

पछिल्ला तीनवटै खेलमा पराजित भएको नेपालका लागि यस खेल जित्नैपर्ने दबाब रहनेछ । नेपाल यस खेलमा पराजित भएमा शृङ्खला जित्ने सम्भावना सकिनेछ । थाइल्याण्डले भने तीन वटै खेलहरु जितेको छ । यस खेल जितेमा थाइल्याण्ड शृङ्खला जित्ने बलियो अवस्थामा पुग्नेछ ।

शृङ्खलामा सबै टोलीले एक अर्कासँग ३/३ खेल खेल्ने छन् । नेपालले यसपछि माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्याण्डसँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?