यी हुन् रविलाई धरौटीमा रिहा गर्न अदालतले टेकेको आधारहरु (आदेशसहित)

लोकपथ
1.7k
Shares

काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।

लामिछानेलाई कास्की अदालतले धरौटीमा छाड्न आदेश दिए पनि उनी तत्काल छुट्ने भने छैनन् । चितवन, पर्सा, बुटवल र कास्कीमा समेत सहकारी ठगीको मुद्दा चलिरहेको छ ।

थुनछेक बहस र अन्य प्रक्रिया पूरा गरेपछि न्यायाधीश राईको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा रवि निर्दोष नै हुन् भन्न सकिने अवस्था नदेखिएकाले धरौटी लिएर रिहा गर्न आदेश दिएको हो ।

‘… अन्य प्रतिवादीहरुसँग देखिएको अन्तरसम्बन्ध र बैंक खाताको ट्रान्जेकसन समेतका मिसिल संलग्न तत्काल प्राप्त आधार प्रमाणहरुबाट निज प्रतिवादी अहिले नै कसुरदार रहेनछन् भन्न सकिने मनासिव आधार नदेखिए पनि तत्काल प्राप्त माथि उल्लेखित प्रमाणहरुबाट प्रतिवादीलाई पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम नै हुने हुँदा निज प्रतिवादी रवि लामिछानेबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतको आधारमा धरौटी रु. ६५,००,००० (पैसठ्ठी लाख रुपैयाँ) नगदै वा सो बराबरको जेथा वा बैंक जमानत दिए लिइ तारेखमा राख्नु र नदिए वा दिन नसकेमा दफा ८० बमोजिम थुनुवा पुर्जी दिइ थुनामा राख्न कारागार कार्यालय कास्कीमा पठाइदिनु,’ आदेशमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?