संगठित अपराधमा दुर्गा प्रसाईंको प्रारम्भिक बयान सकियो

लोकपथ
140
Shares
फाइल तस्बिर

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथिको बयान सकिएको छ ।

साइबर अपराधको कसुरमा पक्राउ परेका उनको जिल्ला सरकारी वकिलको कार्यालय भद्रकालीमा लगेर प्रारम्भिक चरणको बयान लिइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै अभिव्यक्ति दिएपछि प्रसाईँ ४ मंसिरमा पक्राउ परेका थिए । उनले सामाजिक सञ्जालमार्फत ‘प्रमाण’ भन्दै सार्वजनिक गरेको विवरण झुठो भएको खुलेपछि प्रहरीले नियन्त्रणमा लिएर विद्युतीय कारोबार ऐन, २०६३  विपरीतको कसुरमा अनुसन्धान थालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?